निशा डाँगीले भनिन् ‘जेनजेनजी पुस्तालाई हजुरबुबाको पालादेखिका नेताहरूबाट आश छैन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले ‘जेनजी’ पुस्ताले स्थिर सरकारको चाहना राखेको बताएकी छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकार खाेजेकाे बताइन्।

जेनजी पुस्ताको विषयमा धेरै छलफल भए पनि वास्तविक आवश्यकता बुझ्न नसकेकाे उनले बताइन्। ‘म जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै हाम्रा पुस्ताका मागहरु राख्न चाहन्छु उनले भनिन् हामी स्थिर सरकार चाहन्छौं, जहाँ विकासले गति लिओस्। हाम्रो भविष्य सुनिश्चित गरियोस्।’

साथै हजुरबुबाको पालादेखिका नेताहरूबाट आशा मरिसकेको समेत डाँगीले बताइन्।