मखन टोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आगलागीबाट एक जनाको मृत्यु भएको छ ।

आगलागीमा परी एकजना महिलाको मृत्यु भएको हाे। उनको सनाखत हुन बाँकी छ।

मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको ४ तले घरबाट आगो सल्किएकपछि माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।

आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको छ । साथै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी खटिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here