चौथो दिन पनि ओरालो लाग्यो सेयर बजार

काठमाडौं । आज बुधबार पनि सेयर बजार ओरालो लागेको छ। यससँगै नेप्से लगातार चौथो कारोबार दिन घटेको हाे । बुधबार नेप्से १३.९६ अंक घटेर २६२० अंकमा कायम भएको छ ।

नेप्सेसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७३ करोडको भयो । ६२ कम्पनीको मूल्य बढ्दा १८३ को घट्यो भने एउटाको स्थिर रहेकाे छ।

अन्य समूह सबैभन्दा धेरै २.४६ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक समूह १.१९ प्रतिशत बढ्यो भने अरु सबै समूह घटेका छन् ।

आज बैंकिङ ०.४९, फाइनान्स ०.२१, होटल तथा पर्यटन १.५४, हाइड्रोपावर १.९६, लगानी १.०८, जीवन बीमा ०.८६, उत्पादन ०.९२, माइक्रोफाइनान्स ०.२६, निर्जीवन बीमा १.३९ तथा व्यापार ०.६९ प्रतिशत घटेका छन्।

काराेबारमा आएकामध्य मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै पिपल्स पावरको ७.८८, उपकार लघुवित्तको ६.३१, नेपाल पुनर्बीमाको ५.६६ तथा लुम्बिनी विकास बैंकको ४.१५ प्रतिशत मूल्य बढेकाे छ।

गुराँस लघुवित्तको १०, नेपाल माइक्रो इन्स्योरेन्सको ९.७१, बाराही हाइड्रोपावरको ९.२६, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ७.५५ तथा बुटवल पावरको ६.१२ प्रतिशत मूल्य घटेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here