काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ३ हजार ५ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँमा झरेकाे छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै बिहिबार चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी आज १९२५ रुपैयाँ कायम भएको हाे ।



















