टेरामक्स खरिदमा भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरूद्ध मुद्दा

सांसद बस्नेतको प्रतिनिधि सभा सांसद पद स्वत: निलम्बन

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार भएको भन्दै पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ।

अख्तियारले बिहीबार पूर्वसञ्चार मन्त्री, नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसदसमेत रहेका बस्नेतसहित १६ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

पूर्वमन्त्री बस्नेत, पूर्वकानुन सचिव धनराज ज्ञवालीसहित १६ जना व्यक्ति र दुई कम्पनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।भ्रष्टाचार मुद्दा दायर भएसँगै कांग्रेस सांसद बस्नेतको प्रतिनिधि सभा सांसद पद स्वत: निलम्बन भएको छ।

उनीहरूविरूद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here