काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई बिहिवार सर्वोच्च अदालतमा हाजिर गराएर फर्काइएको छ ।
बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइका लागि मिश्रलाई अदालत लगिएको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका मिश्रलाई
पत्नी सरिका कार्कीले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चले यसअघि कारण देखाउ आदेश जारी गर्दै अदालत उपस्थित गराउन भनेको थियो ।
सोही अनुसार उनलाई बिहीबार सर्वोच्च अदालत उपस्थित गराइएको हो । उक्त रिट निवेदनउपर शुक्रबार सुनुवाइ हुने भएको छ ।