खुर्पा प्रहारबाट आफ्नो छोरी र दाजुको छोरीको हत्या

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५ शुक्रनगरमा एक व्यक्तिले आफ्नी छोरी र दाजुको छोराको खुर्पा प्रहार गरेर हत्या गरेका छन् ।

४२ वर्षीय लिलाराज गिरीले दाजु दया गिरीको छोरा अन्दाजी ६/७ वर्षको सजन गिरी र आफ्नी छोरी प्रभालाई खुर्पा प्रहार गरेर हत्या गरेका हुन् । खुर्पा प्रहारबाट गम्भीर घाइते भएका सजन र प्रभाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा आज बिहान मृत्यु भएको हो ।

घटनापछि लिलाराजले आफ्नै घाँटी रेटेका थिए । उनको उपचार भइरहेकाे छ । घटनाबारे थप अनुसन्धान हुँदै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here