काठमाडौं। पश्चिम नवलपरासीको सुनवलमा हावाहुरीले रुख ढाल्दा च्यापिएर २ जनाको मृत्यु भएको छ ।
रुखले च्यापेर सुनवल ७ निवासी ३० वर्षिया मिरा बयम्बु र ४० वर्षिय दुर्गाबहादुर पुनको मृत्यु भएको हाे ।
उनीहरू शुक्रबार हावाहुरीसहित आएको पानीबाट जोगिन प्रतिक्षालयमा ओत लाग्दा प्रतिक्षालयमाथि नै रुख ढलेर च्यापिएकाे हाे।























