उड्डयन प्राधिकरण टुक्राउने विधेयक संसदीय समितिमा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी दुई विधेयक प्रतिनिधिसभाको सम्बन्धित समितिमा दफाबार छलफलका लागि पठाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आइतबार प्रतिनिधिसभा बैठकमा दुवै विधेयकलाई दफाबार छलफलका लागि समिति पठाउने प्रस्ताव पेस गरेका थिए ।

प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले ध्वनि मतका आधारमा प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गरे ।

अब यी विधेयक प्रतिनिधिसभा अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा दफाबार छलफल हुनेछन् । समितिबाट छलफलपछि प्रतिवेदन सहित पुनः प्रतिनिधिसभामा प्रस्तुत गरिने छ ।

सरकारले यी विधेयक आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत समावेश गरिसकेको छ ।

प्रस्तावित विधेयक अनुसार हालको नागरिक उड्डयन प्राधिकरणलाई दुइटा संस्थामा विभाजन गरिनेछ । नियामक निकायका रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरण र सेवा प्रदायक संस्थाका रूपमा नेपाल हवाई सेवा प्राधिकरण रहने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here