काठमाडौं । नेपाल पहिलोपटक आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा पुगेको छ । विश्वकप एसिया छनोटमा सोमबार सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्दै ग्लोबल छनोटमा स्थान बनाएको हो । खेलमा नेपालले युएईलाई ५ विकेटले हरायो ।
यूएईले दिएको ११५ रनको लक्ष्य दिएकोमा नेपालले १९ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३४ रन बनाइन् ।
नेपालले अब मंगलबार थाइल्याण्डसँग खेल्ने छ ।
























