कास्की २ को उपनिर्वाचनका लागि साझा पार्टीको उम्मेदवार रजनी केसी

काठमाडौं,६ कात्तिक । साझा पार्टीले प्रतिनिधि सभा सदस्यका लागि रिक्त रहेको कास्की क्षेत्र नं. २ मा रजनी केसीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ। पार्टीको कात्तिक ५ र ६ गते पोखरामा बसेको केन्द्रीय समिति बैठकले केसीलाई उमेदवार तय गरेको हो ।

पार्टीको जिल्ला र क्षेत्रीय समितिको सिफारिस अनुसार पोखरा महानगरपालिकी पार्टी केन्द्रीय सदस्य केसीलाई उमेदवार बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर उनी साझा पार्टी निर्माणको अभियानमा संलग्न भएकी थिइन्। उनले जनसङ्ख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छन्।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की क्षेत्र नं. २ रिक्त रहेको थियो। कास्की क्षेत्र नं. २ लगायत प्रदेश सभा सदस्य र स्थानीय तहमा समेत रिक्त रहेका स्थानमा मंसिर १४ गते उप निर्वाचन हुँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here