६ दिन पछि बढ्यो सेयर बजार

काठमाडौं । लगातार ६ दिन घटेको सेयर बजार सोमबार भने बढेको छ । आज नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १९.३० अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६२८ मा कायम भएको छ । नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ८ अर्ब ५० करोडको कारोबार भएकोमा आज ७ अर्ब ३५ करोडको भएकाे हाे ।

आज कारोबारमा आएका १८५ कम्पनीको मूल्य बढ्दा ६० को घट्यो भने दुईको स्थिर रहेकाे छ। आज होटल तथा पर्यटन सेक्टर बाहेक सबै बढेका छन्। । विकास बैंक समूह सबैभन्दा धेरै १.८८ प्रतिशत बढ्यो ।

त्यस्तै बैंक १.१७, फाइनान्स ०.७०, हाइड्रोपावर ०.९४, लगानी ०.७२, जीवन बीमा ०.४१, उत्पादन ०.२८, माइक्रोफाइनान्स ०.१३, निर्जीवन बीमा १.१२, अन्य ०.४४ र व्यापार ०.५७ प्रतिशत बढेका छन्।

आज ओम मेगाश्री फर्मास्युटिकल्स, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक र तेह्रथुम पावरको मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ९.७३, ग्रीन डेभलपमेन्ट बैंकको ९.४६, रावा इनर्जीको ६.९८, एनएलजी इन्स्योरेन्सको ६.२६ प्रतिशत मूल्य बढेकाे छ ।

विन नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । छ्याङ्दी हाइड्रोपावरको ४.४० तथा क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ४.३९ प्रतिशत मूल्य घट्यो ।

रकमका आधारमा आज धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप र युनिभर्सल पावर छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here