काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस, मूल समारोह समिति बाट काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम हटाउन निर्देशन दिएका छन्। समितिको बैठकमा अनुपस्थित भएपछि नामहटाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार दिउँसो बसेकाे मूल समितिको बैठकमा मेयर शाह अनुपस्थित थिए ।
अघिल्लो वर्ष पनि उनी गणतन्त्र दिवसको अवसरमा आयोजित सभामा सहभागी भएका थिएनन् ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ । आगामी जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहितका कार्यक्रम गर्न तहगत समिति र उपसमिति गठन गरिएको छ ।
जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ ।























