काठमाडौं । आज साँझ ५ बजे बस्ने मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकमा गभर्नर नियुक्ति गर्ने हल्ला चलेसँगै सेयर बजार उच्च अंकले बढेको छ ।
गभर्नर नियक्तिमा प्रमुख सत्ता साझेदार दलहरुबीच सहमति भएसँगै आज सेयर बजार ४९.०९ अंक बढेकाे हाे। सो वृद्धिपछि नेप्से परिसूचक २६७७ अंकमा कायम भएको छ ।
नेप्से परिसूचक बढेपनि आज कारोबार रकम भने घटेकाे छ। आज ७ अर्ब ३१ करोडको भयो । साेमबार ७ अर्ब ३५ करोडको कारोबार भएको थियाे।
आज कारोबारमा आएका कुल २२९ कम्पनीको मूल्य बढ्दा १५ को घटेकाे छ सबै सेक्टरका सूचक बढेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ३.४२ प्रतिशत बढ्यो ।
बैंकिङ १.९१, विकास बैंक २.९५, फाइनान्स २.४४, हाइड्रोपावर २.४५, लगानी २.३३, जीवन बीमा १.३२, उत्पादन १.८९, माइक्रोफाइनान्स १.१३, निर्जीवन बीमा १.७४, अन्य ०.८४ र व्यापार समूह १.४९ प्रतिशत बढेका छन् ।
आज पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । सिन्धु विकास, सप्तकोशी विकास बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक र राप्ती हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै मातृभूमि लघुवित्तको ७.८३, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ६.८८ तथा जोशी हाइड्रोपावरको ६.१४ प्रतिशत मूल्य बढ्यो ।