काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा तिव्र उत्तारचढाव देखिएको छ । नयाँ गभर्नर नियुक्तीसँगै मंगलबार नै उच्च अंकले बढेको बजार आज भने ७.९४ अंकले घट्दै २६ सय ६९ को विन्दुमा झरेर बन्द भएको हो ।
आज कुल ३ सय १६ कम्पनीका २ करोड ३० लाख २६ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ६९ करोड ८६ लाख पुगेको छ ।
कारोबारमा आएकामध्ये १ सय ५३ कम्पनीको सेयरमूल्य घट्दा ९३ कम्पनीको सेयरमूल्यमा बढेकाे छ। आज बैंकिङ, विकास बैंकलगायत ४ समुहको परिसुचक उकालो लाग्दा बाँकी समुहको परिसुचकमा समेत गिरावट आएको छ ।