पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारलाई अनुसन्धान गर्न निर्देशन दिने निर्णय

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न निर्देशन दिने निर्णय गरेको छ ।

लेखा समितिका सभापति ऋषिकेश पोखरेलले राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिको प्रतिवेदन, त्यो उपसमितिमा रहेका गोकुल बास्कोटा र तारा लामाको पुरक मतसहितको प्रतिवेदन ग्रहण गरेर त्यसलाई समेत अख्तियारमा पठाउने निर्णय गरेको जानकारी दिएका हुन्।

प्रतिवेदनमा १५वटा मुलभूत प्रश्नहरू अघि सारेकोमा प्रश्नहरूलाई निर्णयकै रुपमा समावेश गरेर अख्तियार पठाउने निर्णय गरेकाे उनले बताए ।