राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ‘क्रस–बैंक टेलर क्युआर ट्रान्जेक्सन सर्भिस’

क्युआर स्क्यान गरेर नगद झिक्न सकिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ‘क्रस– बैंक टेलर क्युआर ट्रान्जेक्सन सर्भिस’ सुरु गरेको छ। बैंकले फोन पे सञ्जालसँगको सहकार्यमा सुरु गरिएको यस सेवा शुरु गरेकाे हाे।

अब कुनै पनि फोनपे नेटवर्कमा आबद्ध ग्राहकहरूले बैंकको जुनसुकै शाखाबाट नगद झिक्न सक्नेछन्। ‘क्युआर स्क्यान, क्यास विद्ड्रन—सिम्पल, स्मार्ट, सिमलेस’ भन्ने स्लोगनसहित सार्वजनिक गरिएको यो सेवा चेक वा एटिएम कार्डबिना नै मोबाइल बैंकिङ एपमार्फत नगद झिक्न सकिने प्रणाली हो।

यो सेवा नेपाली बैंकिङ क्षेत्रमै एक नवीनतम सुविधा हो ग्राहकले क्युआर कोड स्क्यान गरेर नगद झिक्न सक्नेछन् । ग्राहकले बैंकको शाखामा गएर, टेलर काउन्टरमा राखिएको क्युआर कोड स्क्यान गरी आफ्नो मोबाइल बैंकिङ एपबाट ट्रान्जेक्सन स्वीकृत गरेपछि तत्काल नगद प्राप्त गर्न सक्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here