अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाबीच ह्वाइट हाउसमा भएको भेटवार्ता ‘तनावपूर्ण’ बनेको छ।
ट्रम्म र रामाफोसाबीचको बुधबार ह्वाइट हाउसमा भएको भेट तनावपूर्ण भएको हाे।
ट्रम्पले समकक्षी रामाफोसासँग फेब्रुअरीमा जेलेन्स्कीसँग गरेजस्तै आक्रामक
रुपमा पत्रकारहरूका अगाडि लाइभ कुराकानी गरे। कुराकानीबीच ट्रम्प आक्रामक ढंगले प्रस्तुत भए पनि रामाफोसा शान्त रहेर ट्रम्पका हरेक आरोपहरूलाई स्पष्ट पार्ने प्रयत्न गरिरहे।
दक्षिण अफ्रिका र अमेरिकाबीच चिसिएको सम्बन्ध सुधार गर्न आएका राष्ट्रपति रामाफोसालाई ट्रम्पकाे स्वागत राम्रो रहेन। श्वेत गल्फरहरू अर्नी एल्स, रेटिफ गुसन र अर्बपति जोहान रूपर्टलाई लिएर ह्वाइट हाउस पुगेका थिए।
रामाफोसालाई ट्रम्पले सुरूमै दक्षिण अफ्रिकामा श्वेत किसानहरुको नरसंहार भएको र त्यहाँको सरकारले कुनै कदम नचालेको भनेर आलोचना गरेपछि रामाफोसाले दक्षिण अफ्रिकामा श्वेतहरूको नरसंहार भएको कुरामा सत्यता नरहेको बताए।
‘यदी नरसंहार भएको थियो भने मेरो साथमा यी तीनजना (दुई श्वेत गल्फर र व्यापारी) मानिसहरू आउँदैनथे। स्वयंम कृषिमन्त्री पनि मसँग हुदैनथे,’ रामाफोसाले भने, ।
यता ट्रम्पले आफुसँग हजारौं त्यस्ता स्टोरी र डकुमेन्ट्रीहरू भएको बताए । गृहपृष्ठ
प्रिमियम स्टोरी
राजनीति
बजार अर्थतन्त्र
विचार
नेपाली ब्रान्ड
समाज
कला
ब्लग
खेलकुद
ग्लोबल
कभर स्टोरी
ह्वाइट हाउसमा ट्रम्प र दक्षिण अफ्रिकी राष्ट्रपतिबीच भनाभन
सेतोपाटी संवाददाता
सेतोपाटी संवाददाता
काठमाडौं, जेठ ८
gibl
876
Shares
facebook sharing buttontwitter sharing buttonsharethis sharing button
तस्बिरः रासस/एपी।तस्बिरः रासस/एपी।
Tata box 1
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाबीचको भेटवार्ता ‘तनावपूर्ण’ बनेको छ।
ट्रम्म र रामाफोसाबीचको बुधबार ह्वाइट हाउसमा भएको भेट र कुराकानीलाई अमेरिकी मिडियाहरूले गत फेब्रुअरीमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भएको चर्काचर्कीसँग तुलना गरेका छन्।
यद्यपि बुधबार दुवै राष्ट्रपतिबीच चर्काचर्की भने भएको छैन। ट्रम्पले समकक्षी रामाफोसासँग फेब्रुअरीमा जेलेन्स्कीसँग गरेजस्तै पत्रकारहरूका अगाडि लाइभ कुराकानी गरे। कुराकानीबीच ट्रम्प आक्रामक ढंगले प्रस्तुत भए पनि रामाफोसा शान्त रहे र ट्रम्पका हरेक आरोपहरूलाई स्पष्ट पार्ने प्रयत्न गरिरहे।
दक्षिण अफ्रिका र अमेरिकाबीच चिसिएको सम्बन्ध सुधार गर्न भनेर राष्ट्रपति रामाफोसा बुधबार श्वेत गल्फरहरू अर्नी एल्स, रेटिफ गुसन र अर्बपति जोहान रूपर्टलाई लिएर ह्वाइट हाउस पुगेका थिए।
रामाफोसालाई ट्रम्पले सुरूमै दक्षिण अफ्रिकामा श्वेत किसानहरुको नरसंहार भएको र त्यहाँको सरकारले कुनै कदम नचालेको भनेर आलोचना गरे।
रामाफोसाले दक्षिण अफ्रिकामा श्वेतहरूको नरसंहार भएको कुरामा सत्यता नरहेको बताए। बरू ट्रम्पले विनाप्रमाण आफ्ना निकटरहरूले भनेकै कुरालाई साँचो ठानेर त्यस्तो धारणा बनाएको बताए।
‘यदी नरसंहार भएको थियो भने मेरो साथमा यी तीनजना (दुई श्वेत गल्फर र व्यापारी) मानिसहरू आउँदैनथे। स्वयंम कृषिमन्त्री पनि मसँग हुदैनथे,’ रामाफोसाले भने, ‘ राष्ट्रपति ट्रम्पले उनीहरूको धारणा सुन्नुभयो, कथा सुन्नुभयो र त्यसलाई सत्य मान्नुभयो।’
तर हामीसँग हजारौं त्यस्ता स्टोरी र डकुमेन्ट्रीहरू छन्,’ ट्रम्पले तत्काल जबाफ दिए। ट्रम्पले ओभल अफिसमै छोटो भिडिओ देखाए। भिडिओमा संसद बैठकमा विपक्षी सांसदको भाषण र चिहानहरू देखाइएको थियो। दक्षिण अफ्रिकी श्वेतहरू मारिएका समाचारहरूको कटिङहरू देखाएर रामाफोसालाई साेधे- त्यसो भए यो के हो?
रामाफोसाले भिडिओमा देखिएको चिहान कुन ठाउँको हो भनेर ट्रम्पलाई प्रश्न गरे। ट्रम्पले आफूलाई थाहा नभएपछि रामाफोसाले त्यसको पत्ता लगाउने पनि बताए।
रामाफोसाले नरम भएर दक्षिण अफ्रिकामा अपराधका घटनाहरू धेरै हुने स्वीकार गरे। उनले त्यसरी मारिनेहरुमा श्वेतभन्दा अश्वेतहरूको संख्या धेरै भएको बताए। तर ट्रम्पले प्रतिक्रिया दिए
‘किसानहरू अश्वेत होइनन्,’।
रामाफोसाले आफूहरू नेल्सन मन्डेलाबाट प्रशिक्षित भएको बताउँदै समस्या र विवाद उत्पन्न भए त्यसलाई छलफलबाट समाधान गर्नुपर्ने बताए। उनले सँगै व्यापार र लगानीका विषयमा पनि छलफल गर्नुपर्ने बताए।
उनदे अपराध नियन्त्रणका लागि अमेरिकाबाट प्राविधिक सहयोग पाएकाे भन्दै यसले कहाँ गोली चलेको भन्ने पत्ता लगाउँने बताए । त्यस्ता क्रियाकलाप नियन्त्रणका लागि हामीले तपाईंबाट सहयोग पाएका छौं। अमेरिकाबाट सहयोग पाएका छौं। साझेदारी भनेकै यही त हो,’ उनले भने, ‘हामी त्यही कारण पनि यहाँ आएका छौं। दुवै देशले एक अर्कोको भलाइका लागि काम गर्ने वातावरण बनाउन।’
ट्रम्पले पुनःश्वेतहरूमाथि आक्रमण भएको उनीहरू दक्षिण अफ्रिकामा असुरक्षित भएको भन्दै हजारका संख्यामा उनीहरू अमेरिका आउने क्रममा रहेकाे बताए । अस्ट्रेलियामा पनि थोरै संख्यामा मानिसहरू गएका छन्,’ उनले भने।
ह्वाइट हाउसको भेटवार्तामा रामाफोसाले ट्रम्पलाई व्यापार र खनिजहरूको कुराकानीमा ध्यान केन्द्रित गराउन खोजेपनि ट्रम्पले भने अधिकांश समयमा श्वेतहरूमाथि हिंसा गरिएको विषयमा कुरा गरे।
दुई देशले दक्षिण अफ्रिकाका महत्वपूर्ण खनिजहरूबारे छलफल गर्ने सहमति भएको भएको छ।






















