अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ।
स्थानीय समयअनुसार बुधबार राति ९:०५ बजे वाशिङ्टनको यहुदी संग्रहालय बाहिर गोली प्रहार गरेर एक युवक र एक युवतीको हत्या भएको हो।
गोली प्रहार गरी हत्या भएका युवा-युवतीहरू विवाह गर्दै थिए। उनीहरू छिट्टै इन्गेजमेन्ट गर्ने तयारीमा रहेको रोयटर्सले आफ्नो समाचारमा लेखेको छ।
प्रहरीले गोली प्रहार गर्ने युवकलाई नियन्त्रणमा लिएको छ।
पक्राउ गरेपछि प्रारम्भिक अनुसन्धान गर्दा अन्दाजी ३० वर्षका ती युवक सिकागोका रहेको पुष्टि भएको छ। उनलाई पक्राउ गरेर लैजाँदै गर्दा ती युवकले प्यालेस्टिनीको पक्षमा नाराबाजी गरिरहेको भनेर रोयटर्सले लेखेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गर्दै आरोपीलाई कडा सजाय हुने बताए। साथै घृणा र कट्टरपन्थीहरूका लागि अमेरिकामा ठाउँ नरहेको बताए।
