पाकिस्तानी गुप्तचर एजेन्टको आरोपमा एक जना नेपाली सहित२ जना पक्राउ

काठमाडौं । भारतको दिल्ली प्रहरीले एक गोप्य अपरेशन सञ्चालन गरेर एक जना नेपालीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्सरूल मियाँ अन्सारी नेपाली नागरिक भएको भारतीय समाचारमा उल्लेख छ।

दिल्ली प्रहरीले दुई जना एजेन्टलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। स्लिपर सेल नेटवर्क एउटा गोप्य समूह हो। जसमा कुनै पनि व्यक्ति सामान्य नागरिकसरह समाजमा घुलमिल भएर बस्छन् र आदेश प्राप्त गरेपछि आपराधिक काम गर्छन् ।

दिल्ली प्रहरीका अनुसार जनवरीदेखि मार्चसम्म अपरेशन सञ्चालन गरिएको थियो। पक्राउ परेका व्यक्तिहरूबाट गोप्य कागजातहरू बरामद गरेको उल्लेख गरिएको छ।

उनीहरू दुवै जना हाल तिहाड जेलमा छन्। उनी पाकिस्तानको गुप्तचर निकाय इन्टर सर्भिस इन्टेलिजेन्स (आइएसआई) आइएसआईमा संलग्न रहेको दाबी गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here