सान्भी इनर्जी लिमिटेडले जेठ ९ गतेदेखि आइपीओ निष्कासन गर्दै

१०० रुपैयाँ अंकित दरमा २४ लाख १५ हजार ३०० कित्ता साधारण शेयर जारी गर्न लागेको

काठमाडौं। सान्भी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको छ। कम्पनीले दोस्रो चरणमा जेठ ९ गतेबाट आइपीओ बिक्री खुला गर्ने भएको हो। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक शेयर निष्कासन गरी बाँडफाँड गरेको थियो ।

सर्वसाधारणका लागि २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने जानकारी दिएको छ। सो अनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ लाख १५ हजार ३०० कित्ता साधारण शेयर जारी गर्न लागेको हो ।

यस आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here