तोलामा ११ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि भाउ प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँ तोकिएको हो । अघिल्लो दिन सुन प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २०२५ रुपैयाँ रहेको चाँदी आज २००५ रुपैयाँमा कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here