काठमाडौंमा स्कुलको छत खस्दा ३९ विद्यार्थी घाइते

काठमाडौं,६ कात्तिक । एक विद्यालयको छानो खस्दा ३९ जना विद्यार्थी घाइते भएका छन्।

काठमाडौंको तारकेश्वर नगरपालिका ३ स्थित जितपुर फेदीमा रहेको विद्याकुञ्ज सेकेन्डरी बोर्डिङ स्कुलको छाना भत्किँदा कक्षा कोठाभित्र रहेका विद्यार्थी घाइते भएका हुन् ।

सबै घाइतेको अवस्था सामान्य रहेको काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले बताए । विद्यालयको ट्रसको छानो कमजोर भएकाले खसेको हुनसक्ने अनुमान प्रहरीको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here