काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)लाई बलियो बनाउन र नेपाल–भारतबीच सहकार्य प्रगाढ बनाउने उदेश्यसहित काठमाडौंमा ‘इन्डो नेपाल सीएसआर समिट’ भएको छ ।
समिटको प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाले उद्घाटन गरिन् । सो अवसरमा नेपालमा सीएसआर रकम खर्चको प्रभावकारितामा कर्पोरेट कम्पनीहरूले यसमा ध्यान दिन नसकेको बताइन् ।
नेपाल–इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका उपाध्यक्ष एवं सूर्य नेपालका प्रबन्ध निर्देशक रवि रायवरमले सीएसआर जस्तो महत्त्वपूर्ण छलफल भइरहनुपर्ने बताए ।
कार्यक्रममा बिफक्याप नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज रेग्मीले सीएसआर समिटबाट प्राप्त रकमले पूर्वी नेपालका भोजपुर, सोलुखुम्बु र खोटाङका ४ सय उद्यमीलाई वित्तीय साक्षरता दिने जानकारी दिए ।

























