आफू पुग्नु अघि नै स्टेजमा टियरग्यास र गोली चलेर भागदौड भएको प्रसाईंको बयान

काठमाडौं । दुर्गा प्रसाईंले आफू तीनकुने पुग्नुअघि नै कार्यक्रम स्टेजमा टियरग्यास र गोली चलेर भागदौड भइसकेकाे बयान दिएका छन् ।

सरकारी वकिलको रोहबरमा प्रहरीलाई दिएको बयानमा प्रसाईंले भनेका छन् ‘ म कार्यक्रम स्थलमा आउनुभन्दा अघि नै अतिथिहरुलाई आसनग्रहण गराइ कार्यक्रम सुरु भइ राष्ट्रिय गान बज्न थालेपछि स्टेजमै टियरग्याँस र गोलीहरू चलेर मान्छेहरू भागदौड भइसकेको थियो, त्यस कारण कार्यक्रम स्थलमा मेरो कुनै भूमिका नै भएन ।’

१५ चैतमा भएको हिंसात्मक प्रदर्शनमा उनलाई जनकमाण्डर तोकिएकाे थियाे।

उनले आफू सुरुमा कार्यक्रम स्थलमा जाने स्थिति समेत नभए पनि भन्दै नवराज सुवेदी नेतृत्वको समितिले नै कार्यक्रमको स्वामित्व र अपनत्व लिएर दुवै संस्थाको संयुक्त ब्यानरमा गर्ने भनिए अनुसार तयारी र योजना गरेर कार्यक्रम आयोजना गरिएको बताए। उनले आफूले संविधानले व्यवस्था गरे बमोजिमको प्रक्रियाभन्दा बाहिर गएर कुनै कार्य नगरेको समेत बताएका छन् ।

प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राम्रोसँग चिन्ने भन्दै विगत ५ वर्षदेखि पटकपटक भेट भइरहेको र १५ चैतको प्रदर्शनको एक दिनअघि पनि भेट भएको उनले भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here