राष्ट्र बैंकले बढायो दैनिक अनिवार्य नगद मौज्दात सीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक अनिवार्य नगद मौज्दात ९० प्रतिशत बनाएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१\८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत दैनिक अनिवार्य तरलता बढाएको हो ।

वित्तीय प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकलाई जटिल भएपछि ७० प्रतिशत रहेको दैनिक अनिवार्य नगद मौज्दात बढाइ ९० प्रतिशत पुर्‍याएको हो । बैंक तथा वित्तीय संस्थाले कुल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य नगद मौज्दात बापत केन्द्रीय बैंकमा राख्नुपर्ने हुन्छ । बैंकहरुले हरेक १४ दिनमा ४ प्रतिशत सीआरआरको ७० प्रतिशत मात्र कायम गरे पुग्नेमा हरेक १४ दिनमा ९० प्रतिशत कायम गर्नुपर्ने बनाएको छ ।

वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय यस बैंकले खुला बजार कारोबार उपकरणहरुमा गरेको सुधारलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाहरुले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरिने बैंकको त्रैमासिक समिक्षामा उल्लेख छ ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीका तरलता बिनाब्याज सहित केन्द्रीय बैंकमा होल्ड गर्नका लागि यस्तो व्यवस्था गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here