मौद्रिक नीतिको प्रभावले पनि उत्साहित देखिएनन् लगानीकर्ता, नेप्से घटेरै बन्द

काठमाडौं । नेपाल स्टक एक्सेचेञ्ज (नेप्से)मा गिरावट आएको छ। नेप्से ५.२१ अंकले घटेर २६७४.७६ विन्दुमा बन्द भएको हाे। यसदिन परिसुचकसँगै कारोबार रकम पनि घटेको छ।

आइतबार ७ अर्ब ६० करोड रूपैयाँको सेयर कारोबार भएकोमा सोमबार ७ अर्ब ५८ करोड रूपैयाँको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा २ करोड रूपैयाँ कमी आएको हो। यसदिन ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २३९ रूपैयाँ ३० पैसा पुगेको छ। यस्तै, उपकार लघुवित्तको मूल्य ६.१९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य तीन हजार ७३८ रूपैयाँ २९ पैसा कायम भएको छ।

यता गुराँस लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ६६३ रूपैयाँ २० पैसामा झरेको छ। नेपाल राष्ट्र बैंक शेयर कर्जामा थप लचिलो बनेपछि त्यसबाट शेयर बजारका लगानीकर्ताहरु भने खासै उत्साहित हुन सकेनन् । राष्ट्र बैंकले १ सय २५ प्रतिशत रहेको शेयर धितो कर्जाको जोखिम भार घटाएर १ सय प्रतिशत कायम गर्ने घोषणा गरेको भोलिपल्टको शेयर बजार नकारात्मक भएर बन्द भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here