काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द भएको छ ।
पुलमा भ्वाङ परेपछि सवारी आवागमन रोकिएको हाे । अहिले डाइभर्सनको काम सुरु छ । बाटो नखुलिसकेकाले अहिले काठमाडौं आउने र काठमाडौंबाट बाहिरिने गाडी र तिनमा सवार यात्रुहरु बीच बाटोमै रोकिएका छन् ।
सोताङ खोलामा पुरानो पुल चर्केको र साइडमा भ्वाङ समेत परेका छ।




















