बाजुरामा टेलिकमकाे जिप दुर्घटना, तीन जनाकाे मृत्युु

सवार नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा घाइते

काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

नेपाल टेलिकम बजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप दुर्घटनामा टेलिकमका बाजुराका प्रमुख लोकबहादुर खड्काको पनि ज्यान गएको छ ।

नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक कर्णबहादुर महता र जिपमा सवार रवीन्द्र धामीको मृत्यु भएको हो । दुर्घटनाग्रस्त जिप सडकबाट ८० मिटर खसेको छ ।

उनका अनुसार तीनैजनाको घटनास्थलमा मृत्यु भएको हो । जिपमा सवार नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा घाइते छन् ।

बाजुरा सदरमुकामबाट टेलिकमको टावर मर्मतका लागि जगन्नाथ गाउँपालिकातर्फ गइरहेका बेला काडाकोटमा जिप दुर्घटनामा भएको हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here