काठमाडौं । गृह मन्त्री रमेश लेखकले आफुलाई नियोजित र षड्यन्त्रपूर्ण ढंगले आफूमाथि आक्रमण गरेको बताएका छन् ।
बुधबार संसद् भवनस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
‘यो विषयमा मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणा र समाचार आएका छन्, यो असत्य कुरा हो । यसमा मेरो कुनै संलग्नता छैन,’ उनले भने ।
भिजिट भिसा प्रकरणमा संलग्नता रहेको भन्दै विपक्षीले सदनमा बोल्न नदिएपछि पत्रकार सम्मेलन गरेका हुन्।

























