काठमाडौं । सरकारले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले आगामी आवको बजेट भाषणका क्रममा यस्ते बताएका हुन् । उनीहरूलाई ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने र त्यसका लागि ७३ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।
त्यस्तै जेन-जी पुस्तालाई लक्षित गरी नवप्रवर्तनमा आधारित स्टार्टअपलाई प्राथमिकता दिइने समेत घोषणा गरिएको छ ।