काठमाडौं । विनयी खोलामा पानीको वहाब बढ्दा पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको छ।
वर्षाका कारण नवलपरासी पूर्वको त्रिवेणी गाउँपालिका-१ विनयी खोलामा पानीको वहाब बढेर डाइभर्सन माथिबाट बगेका कारण बाटाे अवरुद्ध भएको हाे।
विनयी खोलाको पुल गत पुसमा भारतीय ट्रकको ठक्करबाट उक्त भाँचिएपछि डाइभर्सन बनाएर सवारी साधन आवतजावत गरिदै आएको थियो।























