काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको छ।बिहीबार प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियाे।
यता आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेकाे छ। यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय ९५ रुपैयाँमा कारोबार भईरहेको थियो ।




















