काठमाडौं । राप्रपा नेपालले केन्द्रीय पदाधिकारी तथा कार्य सम्पादन समितिका सदस्यहरूको आकस्मिक बैठक बोलाएको छ ।
पार्टी अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापा पक्राउ परेपछि राप्रपा नेपालले पदाधिकारी र कार्य सम्पादन समितिको आकस्मिक बैठक बोलाएको हो ।
पार्टी महामन्त्री राजाराम बर्तौलाका अनुसार आइतबार अपराह्न ५ बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा आकस्मिक बैठक बस्न लागेको छ।
आन्दोनलको क्रममा आइतबार नक्सालस्थित प्रहरी मुख्यालयनजिकबाट अध्यक्ष थापा पक्राउ परेका छन् ।
























