काठमाडौं । राजावादी प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा, ललितपुर जावलाखेलकी शिला राणा, भक्तपुर थिमिका रोकश बस्नेत, नुवाकोटको पञ्चकन्या नगरपालिका–१ का रामचन्द्र लामिछाने, टोखा नगरपालिका–२ का विनोद कपाली, भक्तपुरको चाँगुनारायणका सरोज तिमिल्सिना र राजीव झा छन् ।
नारायणचौरबाट निषेधित क्षेत्र तोडेर बालुवाटार प्रवेश गर्ने क्रममा पक्राउ परेका हुन।
























