काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।
तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुती, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, लगायतको हत्या भएको थियो ।
युवराज दीपेन्द्रले परिवारका सदस्यहरुलाई मारेकाे र आफैंलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक गरिएकाे थियाे। तर साे प्रतिवेदनमा हालसम्म पनि धेरैले विश्वास गरेका छैनन् ।
दरबार हत्याकाण्डलाई लिएर कतिपयले ज्ञानेन्द्र शाहको परिवारमाथि शंका गरका थिए। ‘आकस्मिक रूपमा स्वचालित हतियार पड्किन गई हत्या भएको’ अभिव्यक्ति दिएपछि झन शंका बढेकाे हाे।






















