राइड सेयरिङ सेवाको बढी भाडा नलिन चेतावनी

काठमाडौं । प्रहरीले राइड सेयरिङ सेवाको बढी भाडा नलिन चेतावनी दिएको छ ।

राइड सेयरिङले बढाएको गुनासो आएपछि प्रहरीले सूचना जारी गर्दै भाडा नबढाउने चेतावनी दिएको हो । त्यस्तै प्रहरी प्रधान कार्यालयले सूचना निकालेर यात्रुहरूलाई अफलाइन सेवासमेत प्रयोग नगर्न सचेत गराएको छ ।

यातायात व्यवसायीहरुले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गराएका छन् ।

भाडा बढाएको गुनासो आएपछि राइड सेयरिङ सेवा सञ्चालन गरिरहेको पठाओ कम्पनीले भने सूचना जारी गर्दै नबढाएको दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here