आईसीसी क्रिकेट विश्वकप लिग २ को खेलमा नेपालकाे जित

काठमाडौं । नेपालले स्कटल्याण्डलाई १ विकेटले पराजित गर्दै आईसीसी क्रिकेट विश्वकप लिग २ को पहिलो खेल जितेकाे छ।

करण केसीले ४१ बलमा अविजित ६५ रन बनाएर नेपालको जितमा भुमिका खेले। याे एकदिवसीय क्रिकेटमा सबैभन्दा उच्च रन हाे।

त्यसअघि नेपालका लागि ओपनर कुशल भुर्तेलले ५३ रन बनाए । गुल्शन झाले ४२, भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७ रन बनाए ।

नेपालका लागि करण केसीले १० ओभरमा १ मेडन राख्दै ४३ रन दिएर २ विकेट लिए । त्यस्तै सोमपाल कामीले १० ओभरमा ६६ तथा रिजन ढकालले १० ओभरमा ७८ रन खर्चेर २-२ विकेट लिए । सन्दीप लामिछानेले १ विकेट लिए ।

यस जितपछि नेपाल १३ खेलबाट ८ अंक जोडेर अंकतालिकामा सातौं स्थानमा उक्लिएको छ। स्कटल्याण्ड १७ खेलमा २० अंकका साथ चौथो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here