काठमाडौं । हास्य कलाकार घनश्याम गौतमको निधन भएको छ । आन्द्राको क्यान्सरबाट पीडित गौतमको भक्तपुरको क्यान्सर अस्पतालमा उपचारका क्रममा सोमबार राति निधन भएको हो । ‘प्रचण्ड’को लुक्समा क्यारिकेचर गरेर दर्शकमाझ लोकप्रिय बनेका थिए । गौतम गाईजात्रालगायत थुप्रै हास्य कार्यक्रममा समेत सहभागी हुँदै आएका थिए























