काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । भोलि दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको हाे।
मंगलबार बिहान ११ बजे बस्ने भनिएकाे बैठक दिउँसो २ बजे बस्नेगरी स्थगित भएको थियो ।
विपक्षी दलहरूसँगको छलफलमा सहमति जुट्न नसकेपछि बैठक पुनः स्थगित गरिएको हो । उनिहरुले गृहमन्त्रीको राजीनामा माग गरेका छन्।























