‘राइड सेयरिङ’ स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकीलाई पठायो पत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘राइड सेयरिङ’ नियमावली स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई निर्देशन दिएको छ ।

सोमबार राति ११ बजे सार्वजनिक यातायात बचाउ संघर्ष समिति र सरकारबीच ६ बुँदे सहमति भएको थियो । सरकारले कार्यालय समयको सुरुमै पत्र पठाउने भने पनि अन्तिम समयमा पत्र पठाएको हो ।

प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली बनाएर कार्यान्वयनको सुरसार गरेपछि यातायात व्यवसायी आक्रोशित भएका थिए। उनीहरुले देशैभर सार्वजनिक यातायातका साधन सञ्चालन ठप्प पारेका छन्। काठमाडौं उपत्यकामा समेत दुई दिनयता सार्वजनिक यातायात ठप्पप्राय: बनेको छ।
यातायात व्यवसायी भने नियमावली खारेज नहुँदासम्म हडताल कायम राख्ने अडानमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here