माहाकालीको सीमा क्षेत्रवाट ७० हजार बराबरको अवैध सामग्री बरामद

दोधारा ७ कात्तिक । सशस्त्र प्रहरीले माहाकाली नगरपालिकाको सीमा क्षेत्रबाट बाट करिब रु. ७० हजार बराबरको अवैध कपडा तथा कस्मेटिक सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीको टोलीले माहाकाली नगरपालिका वडा नं. ७ कञ्चनभोजबाट राजश्व छलेर ल्याउदै गरेको कस्मेटिक सामग्री र कपडा बरामद गरि गड्डा चौकी भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक रामसिंह धामीले जानकारी दिएका छन् ।

ब्यापारीहरुले कञ्चनभोज नजिक नेपाल–भारत सिमा क्षेत्रबाट नेपाल भित्राउँदै गरेको अवस्थामा अबैध कपडा र कस्मेटिक सामग्री सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधाराका सई महेन्द्र बमको कमाण्डमा गएको गस्ती टोलीले बरामद गरेको बताईएको छ् ।

बरामद गरेको समानको मुल्य करिब ७० हजार आंकलन गरिएको छ् । नेपाल–भारत सिमा क्षेत्रको गस्तीको क्रममा उक्त अबैध सामग्री बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ् ।

सशस्त्र प्रहरीको टोलीलाई देखेर ब्यापारीहरु कपडा र कस्मेटिक सामग्री छाडेर भागेको बताईएको छ् । आजै बरामद अबैध समानलाई भन्सार कार्यालय गड्डा चौकी बुझाईने सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधाराका प्रहरी निरिक्षक रामसिंह धामीले बताएका छन् ।

सशस्त्र प्रहरीले माहाकाली नगरपालिकाको सिमा क्षेत्रमा बिगतका तुलनामा सशस्त्र प्रहरीले गस्ती बढाएपछि राजस्व छलेर कपडा तथा कस्मेटिक समान भित्र्याउनेमा कमी आएको स्थानियहरु बताउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here