ताेलामा ५ सयले बढ्याे सुनकाे भाउ, यस्ताे छ आजको मुल्य

प्रतिकात्मक तस्विर

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे भाउ बढेर प्रतितोला १ लाख ९३ हजार २ सय रुपैयाँ कायम भएको हो ।

मंगलबार सुन प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको थियाे।

यस्तै आज चाँदीको मुल्य प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला २ हजार ७५ रुपैयाँ कायम भएको छ । मंगलबार बजारमा चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here