काठमाडौं । बुधबार सेयर बजार ११ दशमलव९७ अंक घटेको छ । सो अंक घटेसँगै परिसूचक नेप्से २६४६ मा कायम भएको छ ।
अंकसँगै आज कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ५ अर्ब १६ करोडको भयो । आज कारोबारमा आएका६६ कम्पनीको मूल्य बढ्दा १८१ को घट्यो भने एउटाको स्थिर रहेको छ ।
आज अधिकांश सेक्टरका सूचक घटेका छन् । जसमध्य फाइनान्स सबैभन्दा धेरै ० दशमलव९० प्रतिशत घटेको छ । त्यस्तै बैंकिङ ० दशमलव५९, विकास बैंक ०दशमलव ७१, होटल तथा पर्यटन ०दशमलव ४७, हाइड्रोपावर ०दशमलव ३९, लगनी ० दशमलव ०८, जीवन बीमा ०दशमलव४८, माइक्रोफाइनान्स ०दशमलव८२, निर्जीवन बीमा ०दशमलव ६८ तथा अन्य ०दशमलव५४ प्रतिशत घटेको हो ।
व्यापार सबैभन्दा ०दशमलव४९ प्रतिशत बढ्यो । दुई कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढेको छ ।