काठमाडौं । काभ्रेको पनौतीबाट बेथानचोक गाउँपालिका-६ भुग्देउ जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पनौतीबाट यात्रु लिएर जाँदै गरेको बा ३ ख ४४३५ नम्बरको बस भुग्देउमा दुर्घटनामा परेकाे हाे।
६० वर्षीय कृष्णकुमारी तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको हाे।घाइतेको स्थानीय पाँगु भुग्देउ स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
























