यी १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

अन्य ८ मुलुकका नागरिकमाथि आंशिक यात्रा प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका छन्।

प्रतिबन्ध लगाइएका देशहरुमा अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन्।

त्यस्तै अन्य ८ मुलुक बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकमाथि आंशिक यात्रा प्रतिबन्ध लगाइएको छ।

बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले विदेशी आतंकवाद र सुरक्षा खतराबाट अमेरिकालाई जोगाउनुपर्ने भन्दै विभिन्न १२ वटा देशका नागरिकहरूलाई प्रवेश रोक लगाएका हुन्।

उनले आफ्नो देशलाई हानि नोक्सानी पुर्‍याउन चाहनेहरूलाई प्रवेश अनुमति नदिने बताएका छन्।

उनले प्रतिबन्ध लगाइएको देशहरूको सूचीमा अरू देशहरु पनि थपिन सक्ने भनेका छन्। यी प्रतिबन्धहरू जुन ९ देखि लागू हुने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here