नबिल बैंकको सिइयाेमा मनोजकुमार ज्ञवाली नियुक्त

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् । यसअघि नविल बैंकमा कामु सीईओ रहेका ज्ञवालीलाई सञ्चालक समिति बैंठकले जेठ २२ गतेदेखि लागू हुने गरी ४ वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो ।

बैंकको गत चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले वरिष्ठ नयाब प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञवालीलाई कामु सिईओ नियुक्त गरेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले गर्भनरको प्रतिस्पर्धामा भाग लिन चैत १० गते लागू हुनेगरी राजीनामा दिएका थिए ।

२०७७ साल साउनबाट नबिल बैंक प्रवेश गरेका ज्ञवालीले विकास बैंक ज्योतिको सीइओका रुपमा काम गरिसकेका छन्। त्यस्तै नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकसहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २६ वर्ष लामोे अनुभव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here