ओरियोको नक्कल गरेकाे भन्दै आल्डीविरुद्ध मुद्दा 

ओरियोको निर्माताको कम्पनीले बजेट सुपरमार्केट आल्डीविरुद्ध अमेरिकामा मुद्दा दायर गरेको छ । आफ्नो प्रसिद्ध स्न्याक्सहरूको प्याकेजिङलाई नक्कल गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको हो ।

अदालतका दस्तावेजहरूले देखाएअनुसार,ओरियोको कम्पनि मोंडेलेज इन्टरनेशनलले आल्डीले ओरियो जस्तै प्याकेजिङ प्रयोग गरेर उपभोक्तालाई छल्ने काम गरेको आरोप लगाएकाे छ ।

त्यस्तै कम्पनीको आकर्षण, प्रसिद्धि र प्रतिष्ठाको फाइदा लिने प्रयास गरेकाे बताएको छ। ओरियो विस्कुट मात्र नभएर व्हीट थिन्स, नटर बटर, चिप्स अहोय र रिट्जको पनि कपी गरेर बजारमा ल्याएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here