रवीन्द्र मिश्र र धवल सम्पर्कविहीन, वकिललाई तिराइयाे जरिवाना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएपछी उनीहरुको जिम्मा जमानी लिएका वकिललाई जरिवाना तिराइएको छ ।

उनिहरु अदालतमा मुद्दा गएपछि सम्पर्क हुने सर्तमा छुटेका थिए । तर उनीहरु अहिलेसम्म सम्पर्कमा नआएपछि जिम्मा जमानी लिने दुई वकिललाई ५०–५० हजार रुपैयाँ जरिवाना तिराइएको हो ।

मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार दफा १५ मा हिरासतमा रहेका व्यक्तिलाई अनुसन्धान अधिकृतले छाड्न सक्ने व्यवस्था उल्लेख छ ।

यसरी छाडिएका व्यक्तिलाई जसले बुझेको हुन्छ ती व्यक्तिलाई उपस्थित नराएको अवस्थामा बुझिलिने व्यक्तिलाई जरिवाना गर्न सकिने उल्लेख छ ।

गत चैत १५ गते राजावादीहरुले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्सनमा मिश्र र राणालाई प्रहरीले पक्राउ गरेको थियो । मिश्र हिरासतमा रहेपछि उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकाेले सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले अनुसन्धान सकिएको भन्दै हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here