आरसीबीका मार्केटिङ तथा राजस्व प्रमुख निखिल सोसाले पक्राउ

काठमाडौं । आरसीबीका मार्केटिङ तथा राजस्व प्रमुख निखिल सोसालेलाई पक्राउ गरेको छ। उनलाई शुक्रबार केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।आईपीएल २०२५ विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)को विजय उत्सवमा भएको भागदौड घटनामा अनुसन्धानको क्रममा बेंगलुरु प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसै घटनामा कार्यक्रम व्यवस्थापन कम्पनी डिएनए इन्टरटेन्मेन्ट नेटवर्कका वरिष्ठ कार्यक्रम प्रबन्धक किरण कुमार र उपाध्यक्ष (व्यवसाय) सुनील मैथ्यूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनामा ११ जनाको ज्यान गएकाे छ। घटनापछि कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयाले आरसीबी, डिएनए इन्टरटेन्मेन्ट र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)का जिम्मेवार प्रतिनिधिहरूलाई पक्राउ गर्न निर्देशन दिएका थिए।

त्यस्तै एक जना सेवानिवृत्त उच्च अदालतका न्यायाधीश माइकल डी’कुन्हाको नेतृत्वमा न्यायिक आयोग गठन गरिएको छ। आयोगले ३० दिनभित्र प्रतिवेदन बुझाउनु पर्नेछ।

मुख्यमन्त्रीको निर्देशनमा बेंगलुरुका प्रहरी आयुक्त बी. दयानन्द, अतिरिक्त आयुक्त विकास कुमार, केन्द्रीय डिपिसीपी शेखर एच. टेक्कण्णावरसहित क्युबन पार्क प्रहरी चौकीका निरीक्षकलगायत उच्च प्रहरी अधिकारीहरूलाई निलम्बन गरिएको छ।

प्रहरीले यस घटनामा आरसीबीले बिना अनुमति कार्यक्रम आयोजना गरेको, सुरक्षामा लापरवाही गरेको र घटनापछि उद्धारमा ढिलाइ भएको आरोपमा एफआईआर दर्ता गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here